You are viewing the translated version of करयोग्य सम्पत्तिको बिवरण पठाउने.

Section 52
करयोग्य सम्पत्तिको बिवरण पठाउने
(१) ऐनको दफा २८ बमोजिम छानबिन गर्दा कुनै व्यक्तिसँग कसूरबाट प्राप्त सम्पत्ति नभेटिएको तर अस्वाभाविक रूपमा अन्य सम्पत्ति भेटिएकोमा त्यस्तो सम्पत्तिको स्रोत निजसँग माग गर्दा निजले अस्वाभाविक सम्पत्तिको कानून बमोजिम स्रोत खुलाउनको लागि थप समय माग गरेमा मनासिब समय दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम दिइएको समयमा स्रोत माग: गरिएको सम्पत्तिको भरपर्दो स्रोत वा प्रमाण दिन नसकेमा वा सो अविधिमा स्रोत वा प्रमाण पेस नगरेमा त्यसरी स्रोत खुलाउन दिएको अवधि नाघेको मितिले एक महिनाभित्र त्यस्तो सम्पत्ति सम्बन्धी विवरण विभागमा पठाउनु पर्नेछ।

(३) उपनियम (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्राप्त विवरणबाट कुनै सम्पत्ति वैधानिक तवरबाट आर्जन गरेको तर कानून बमोजिम कर असुली नभएको देखिएमा अनुसन्धान गर्ने कार्यालयले कर असुलीको लागि विभाग मार्फत आन्तरिक राजस्व विभागमा लेखी पठाउनु पर्नेछ।

(४) अनुसन्धान गर्ने कार्यालयले ऐन तथा यस नियमावली बमोजिम अनुसन्धान गर्दा कुनै व्यक्तिको स्रोत खुल्न नसकेको अस्वाभाविक सम्पत्ति रोक्का वा नियन्त्रण गर्न आवश्यक भएमा रोक्का राखी वा त्यस्तो सम्पत्ति रोक्का वा नियन्त्रण गर्न आवश्यक नदेखिएमा रोक्का वा नियन्त्रण नराखी ऐनको दफा २८ बमोजिमको कारबाहीका लागि बिभागमा वा विभागले आन्तरिक राजस्व विभागमा लेखी पठाउन सक्नेछ।

(५) दफा रद को उपदफा (४) बमोजिम जफतको मागदाबी लिएको मुद्दामा फैसला हुँदा ऐन बमोजिमको कसूर स्थापित हुन.नसकेमा उक्त मुद्दाको अनुसन्धान गर्ने कार्यालयले सोही दफाको उपदफा (७) बमोजिम कर असुल उपर गर्ने प्रयोजनको लागि फैसलाको जानकारी सहित आन्तरिक राजस्व विभागमा लेखी पठाउनु पर्नेछ।